+
+

सातै प्रदेशमा मेगा बैंकको वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १३:०५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सातै प्रदेशमा एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बै‌ंकले जनाएको छ ।

प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६ वटा शाखा तथा मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ५–५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उदेश्यका साथ वित्तीय चेतनामूलक अभियान सञ्चालन गरिएको बैंकको भनाइ छ ।

नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका कृषक तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकहरुलाई प्राथमिकता दिई देशव्यापाी कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?