+
+

आईएमई पेले ७.१३ प्रतिशत ब्याज दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १७:२०

काठमाडौ । मोबाइल वालेट आईएमई पेले आफ्नो वालेट युजरलाई दिने ब्याजदर बढाउने भएको छ । कम्पनीले भदौससम्म ६.०३ प्रतिशत दिने गरेको ब्याजदर बढाएर असोजका लागि ७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

बैंकहरुले १ असोजदेखि लागु हुनेगरी साधारण बचतको ब्याजदर ७.१३ प्रतिशत पुर्‍याएका छन् । आईएमई पेले पनि निक्षेपको ब्याजदर बढ्सँगै वालेट युजरलाई दिने ब्याजदर बढाएको छ ।

बैंकमा पाइने सेवा आफ्नो मोबाइल वालेटमा आईएमई पे मार्फत पाउन सक्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा एक हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्ने आईएमई –पेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास लिएको कम्पनीले उल्लेख गरेको छ । यसका साथै अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने उललेख छ ।

आईएमई पेले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालन गरेको अभियान अन्तर्गत आईएमई पे मार्फत कुनै पनि कारोबार गर्दा बम्परमा राफ्ट वारिअरको ई-स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भौचरको साथै अन्य धेरै उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?