+
+

डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १९:५३

६ असोज, काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा. गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ ।

यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर डा. केसी ११ दिनदेखि अनशनमा छन् । डा. केसीको रक्तचापमा केही परिवर्तनका साथै मांशपेशी बाँउडिने, छाति दुख्ने, पेट दुख्ने लगायतका समस्या देखा परेका छन् ।

धनगढीमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि १० औं दिनमा हिजो काठमाडौं ल्याइएको थियो । डा. केसीलाई शिक्षण अस्पाल महाराजगञ्जका एनेक्स १ भवनको कोठा नम्बर ५०१ मा रहेको स्पेसल क्याबिनमा राखिएको छ ।

उनको उपचार तथा निगरानीका लागि लागि एनेस्थेसियोलोजिस्ट डा. प्रमेशसुन्दर श्रेष्ठको नेतृत्वमा, प्रशासनका कर्मचारीसहित पाँच सदस्यीय टोली खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?