+
+

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पठायो २९ अर्ब मात्रै तरलता 

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १३:४८

७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल सोझै खरिद (आउटराइट पर्चेज) मार्फत बैंकिङ प्रणालीमा ४० अर्ब तरलता पठाउन खोजे पनि बैंकहरुले ब्याजदर बढी खोजे पछि करिब २९ अर्ब मात्रै पठाएको छ ।

बिहीबार राष्ट्र बैंकले तरलता अभाव बढ्दै गएपछि ट्रेजरी बिल सोझै खरिदमार्फत ४० अर्ब तरलता प्रणालीमा पठाउन बोलकबोल आह्वान गरेको थियो ।

शुक्रबार निष्कासन हुने गरी भएको बोलकबोलमा बैंकहरुले ब्याजदर दोहोरो अंकसम्म पुर्‍याएपछि २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल राष्ट्र बैंकले खरिद गरेको छ ।

बैंकहरुले आफूसँग भएको ट्रेजरी बिल दिएर १७ बैंकले ४६ अर्ब ९९ करोड ५० लाख रुपैयाँ तरलता माग गरेका थिए । तर, राष्ट्र बैकले भने २८ अर्ब ८५ करोडको मात्रै ट्रेजरी बिल खरिद गरेर प्रणालीमा तरलता पठाएको छ ।

उक्त आउट राइट पर्चेजको औसत ब्याजदर ८.४७१० कायम हुँदा अधिकतम १०.७४१० र न्यूनतम ७.०२९३ प्रतिशतमा केन्द्रीय बैंकले खरिद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?