+
+

डा. केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले भोलि प्रदर्शन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १७:५८

७ असोज, काठमाडौं । बृहत् नागरिक आन्दोलनले आमरण अनरसरत डा. गोविन्द केसीको समर्थनमा भोलि शनिबार प्रदर्शन गर्ने भएको छ । शनिबार मध्यन्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको आन्दोलनले बताएको छ ।

विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा. केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।

तर डा. केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘बृहत् नागरिक आन्दोलनको प्रष्ट माग छ, अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वय नगर्ने किसिमको सम्झौतामा नटुङ्गियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?