८ असोज, काठमाडौं । म्यानमारका सैनिक शासकको आलोचना गर्ने मोडललाई थाइल्याण्ड प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
समाचार संस्था एपीका अनुसार हान ले भनेर चिनिने मोडल थाउ नान्डर आङलाई बुधबार भियतनामबाट फर्किनेक्रममा बैंककको सुवर्णभूमि विमानस्थलमा रोकिएको छ । अध्यागमनका एक अधिकारीले उनको ट्राभल डकुमेन्टमा केही समस्या भएको औंल्याउँदै प्रवेशमा प्रतिबन्ध लगाएको जनाएका छन् ।
हान ले थाइल्याण्ड बस्दै आएकी थिइन् । त्यहाँको बसाइ बिस्तार गर्न अध्यागनम नियमअनुसार बेलाबेला बाहिर निस्केर पुनः प्रवेश गर्नुपर्ने हुन्छ ।
उनले स्वदेश फर्कंदा सैनिक शासनबाट हुनसक्ने कारबाहीका कारण आफू भयभित भएको जनाएकी छिन् ।
उनले आफूलाई म्यानमार फिर्ता पठाउनबाट रोक्न संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीको सहयोग खोजिरहेको बताइन्, जहाँ उनले आलोचना गरेको सैन्य सरकारबाट कठोर सजायको डर छ।
गत वर्ष थाइल्याण्डमा भएको सौन्दर्य प्रतियोगितामा उनले म्यानमारका सैनिक शासकको आलोचना गरेकी थिइन् ।
प्रजातन्त्रका लागि सडकमा आएका प्रदर्शनकारीमाथि आफ्नो देशको सेनाले दमन गरिरहेको भन्दै सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी थिइन् । लोकतन्त्र र मानव अधिकारको पक्षमा उनले दिएको अभिव्यक्तिका कारण म्यानमारमा उनको सुरक्षा जोखिम बढेको हो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4