+
+
Shares

थाइल्याण्डको नेपाल लक्षित प्रवर्द्धन अभियान : थप पर्यटक लैजाने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलाई आकर्षित गर्न स्वास्थ्य तथा आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै नयाँ अभियान शुरू गरेको छ ।
  • नेपालका लागि थाइल्याण्डका राजदूत डोनाविट पुलसावतले यस वर्ष थप २० देखि ३० हजार नेपालीलाई थाइल्याण्ड भ्रमण गराउने लक्ष्य रहेको बताउनुभयो ।
  • हाल नेपाल र थाइल्याण्डबीच तीनवटा वायुसेवा कम्पनीले हप्तामा १९ उडान सञ्चालन गरिरहेका छन् ।

१९ जेठ, काठमाडौं । टुरिजम अथोरोटी अफ थाइल्याण्डले नेपाली पर्यटकलक्षित प्रवर्द्धन अभियान थालेको छ । संसारभरबाट सबै प्रकारका पर्यटकलाई आकर्षित गर्दै आएको थाइल्याण्डले ‘वेलनेस टुरिजम प्रडक्ट’लाई प्राथमिकता दिँदै नेपाल लक्षित अभियान चलाएको हो ।

टुरिजम अथोरोटी अफ थाइल्याण्ड, नयाँ दिल्ली कार्यालयले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपाली टूर अपरेटरहरुलाई आफ्ना पर्यटन उत्पादनबारे जानकारी गराएको छ । कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत डोनाविट पुलसावतले थाइल्याण्ड गन्तब्य आफैंमा डाइनामिक रहेको बताए ।

अहिले वार्षिक ५० हजार हाराहारी नेपाली पर्यटकले थाइल्याण्ड भ्रमण गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै राजदूत पुलसावतले यो वर्ष थप २० देखि ३० हजार नेपालीलाई थाइल्याण्ड भ्रमणको लक्ष्य राखिएको बताए । नेपालीलाई थाइल्याण्ड भ्रमणको निम्तो दिँदै उनले भू–राजनीतिक परिस्थितिले पर्यटनमा चूनौति थपिरहेको समयमा थाइल्याण्ड विश्वस्तरीय सेवामा लागिरहेको उनले बताए ।

थाइल्याण्ड अत्याधुनिक पूर्वाधार, विश्वस्तरीय सामुन्द्रिक किनार, खाना, संस्कृति र नाइटलाइफ गतिविधिका लागि प्रख्यात छ । अहिले सो मुलुकले स्वास्थ्य तथा आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै प्याकेज बिक्री गरिरहेको कार्यक्रममा जानकारी गराइयो । थाइल्याण्डले बन्जी जम्पिङ, प्यारामोटर, स्काई डाइभिङ, एटीभी राइडजस्ता साहसिक गतिविधिमा समेत पर्यटक आकर्षित गरिरहेको छ ।

टुरिजम अथोरोटी अफ थाइल्याण्डका अनुसार नेपाली नागरिकले जुनसुकै स्थानबाट पनि ई–भिसा आवेदन गर्न सक्छन् । अहिले नेपाल र थाइल्याण्डबीच तीन एयरलाइन्सले सातामा १९ उडान गरिरहेका छन् । जसले दुई मुलुकको पर्यटनलाई जोड्ने काम गरिरहेको छ ।

नेपाल एयरलाइन्सले सातामा ३, थाइ लायनले सातामा २ र थाइ एयरवेजले सातामा १४ उडान गरिरहेका छन् । थाइल्याण्ड पर्यटन प्राधिकरणको नयाँ दिल्ली कार्यालयका अनुसार अहिले थाइल्याण्डबाट नेपालमा वार्षिक ३० हजार पर्यटकले भ्रमण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?