+
+
Shares

थाइल्याण्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक विमानस्थलमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १६:१४
Listen News
0:00
0:30
🔊

२५ मंसिर, काठमाडौं । थाइल्याण्डबाट गाँजा बोकेर आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २२ वर्षीय विशाल कुमार रहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवगमन टनेलबाट पक्राउ गरिएको हो । उनको साथबाट १ किलो ३५० ग्राम गाँजा बरामद भएको छ ।

उनी नेपाल एयरलाइन्सको उडानमार्फत् बैंककबाट बुधबार राति काठमाडौं आइपुगेका थिए । पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?