२५ मंसिर, काठमाडौं । थाइल्याण्डबाट गाँजा बोकेर आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २२ वर्षीय विशाल कुमार रहेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवगमन टनेलबाट पक्राउ गरिएको हो । उनको साथबाट १ किलो ३५० ग्राम गाँजा बरामद भएको छ ।
उनी नेपाल एयरलाइन्सको उडानमार्फत् बैंककबाट बुधबार राति काठमाडौं आइपुगेका थिए । पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4