
News Summary
Generated by OK AI. Editorially reviewed.- लागु औषध नियन्त्रण ब्यूरोले आर्थिक वर्ष २०८१÷८२ मा थाइल्याण्डबाट नेपाल हुँदै भारत लागु औषध गाँजा तस्करी हुने पत्ता लगाएको छ।
- ब्यूरोले उक्त आर्थिक वर्षमा २०७ किलो गाँजा, १८ किलो ९१९ ग्राम कोकिन, २५ किलो २३७ ग्राम हेराइन, २८ किलो अफिम र २७२ ग्राम एम्फेटामाइन बरामद गरेको छ।
- त्यसै आर्थिक वर्षमा १ हजार १३२ मुद्दा चलाइएको र १ हजार ६७५ जना पक्राउ परेको ब्यूरोले बताएको छ।
१३ साउन, काठमाडौं। पछिल्लो समय थाइल्याण्डबाट नेपाललाई ट्रान्जिट बनाउँदै लागु औषध गाँजा तस्करी हुने गरेको पाइएको छ ।
लागु औषध नियन्त्रण ब्यूरोको तथ्यांकअनुसार पछिल्लो एक आर्थिक वर्षमा थाइल्याण्डबाट आएको २०७ किलो गाँजा बरामद भएको छ । यसरी थाइल्याण्डबाट नेपाल भित्रिएर उक्त गाँजा भारत जाने गरेको ब्यूरोले बताएको छ ।
थाइल्याण्डको गाँजा उच्च गुणस्तरको भएकाले तस्करी हुने गरेको ब्यूरोका अधिकारीहरु बताउँछन् ।
त्यसैगरी पछिल्लो एक आर्थिक वर्षमा ब्यूरोले लागु औषध कोकिन १८ किलो ९१९ ग्राम बरामद भएको छ । हेराइन २५ किलो २३७ ग्राम, अफिम २८ किलो एम्फेटामाइन २७२ ग्राम बरामद गरेको छ ।
ब्यूरोले आर्थिक वर्ष २०८१/८२ मा लागु औषधका १ हजार १३२ मुद्दा चलाएको छ । यो आर्थिक वर्षमा १ हजार ६७५ जना पक्राउ परेको ब्यूरोले बताएको छ ।
प्रतिक्रिया 4