+
+
Shares

विपद् व्यवस्थापनमा सहकार्यका लागि प्राधिकरण र एआइटीका अधिकारीबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डको बैंककस्थित एआइटी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
  • कार्यकारी प्रमुख दिनेश भट्ट र प्रोफेसर सङ्गम श्रेष्ठबीच भूकम्पले क्षति पुगेका घरको अध्ययन गर्न एआइ मोडुल विकास गर्ने विषयमा छलफल भएको छ।
  • नेपाली विद्यार्थीका लागि इन्टर्नसीपको सहजीकरण र हिमाली क्षेत्रमा सीमापार सूचना आदानप्रदानमा एआइ तथा ड्रोन प्रयोगको सम्भाव्यता छलफल भएको छ।

२६ कात्तिक, काठमाडौं । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजिका डिन प्रोफेसर सङ्गम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको पहिरो, बाढीलगायत विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

उहाँहरूबीच एआइ मोडुल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनको विस्तृत क्षति अध्ययन (ड्यामेज ग्रेड डिटेक्सन) गर्नेबारे पनि छलफल भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए ।

यसैगरी नेपाली विद्यार्थीहरूका लागि उक्त विश्वविद्यालयमा इन्टर्नसीप गराउन सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उनले बताए । यसका लागि प्राधिकरण र विश्वविद्यालयले सम्झौता गरेर सहकार्यलाई अघि बढाउने कुरा भएको प्रोफेसर श्रेष्ठले जानकारी दिए ।

थाइल्याण्ड भ्रमणमा रहेका कार्यकारी प्रमुख भट्टले उक्त विश्वविद्यालयको वाटर इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा रहेको हाइड्रोलिक्स ल्याब र एआइ एण्ड सिमुलेसन ल्यावको पनि अवलोकन गरेका छन् ।

उक्त अवसरमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो चुनौतीका रूपमा देखा परेको सीमापार सूचना आदानप्रदानमा आर्टिफिसियल इन्टेलिजेन्सको कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे र विपद्को अध्ययन अनुसन्धानमा ड्रोन प्रयोगको सम्भाव्यताबारे पनि छलफल भएको प्रमुख भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?