+
+
Shares

तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ८:३६
Photo Credit : Royal Household Bureau

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको त्यहाँको शाही दरबारले घोषणा गरेको छ ।
  • सन् २०२२ डिसेम्बरमा अचानक बेहोस भएकी उनी मुटुको धड्कन अनियमित भएपछि विगत तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी थिइन् ।
  • कानून विषय अध्ययन गरेकी उनले अष्ट्रियाका लागि राजदूत र थाइल्याण्डको फौजदारी न्याय प्रणाली सुधारका क्षेत्रमा काम गरेकी थिइन् ।

२९ जेठ, काठमाडौं । थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन भएको छ । उनी तीन वर्षभन्दा बढी समयदेखि कोमामा थिइन् । उनको ४७ वर्षको उमेरमा निधन भएको शाही दरबारले घोषणा गरेको छ ।

सन् २०२२ को डिसेम्बरमा आफ्ना कुकुरहरूलाई व्यायाम गराइरहेका बेला उनी अचानक ढलेकी थिइन् । चिकित्सकहरूका अनुसार उनको मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अत्यन्त अनियमित भएको थियो, जसका कारण उनी बेहोस भएकी थिइन् । त्यसयता ऊनी कोमामा थिइन् ।

शुक्रबार बिहान जारी गरिएको दरबारको वत्तव्यमा भनिएको छ, ‘चिकित्सकहरूको टोलीले सम्भव भएसम्मको सबैभन्दा नजिकबाट र सघन उपचार प्रदान गर्‍यो, तर ऊनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गयो ।’ वत्तव्यअनुसार उनको बिहीबार साँझ स्थानीय समयअनुसार ७ः४८ बजे निधन भएको हो ।

उनको निधनसँगै थाइल्याण्डको शाही परिवारले आफ्नो सबैभन्दा सक्षम र सार्वजनिक रूपमा सक्रिय सदस्य गुमाएको छ । साथै, भविष्यमा शाही उत्तराधिकारको प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्न सक्ने व्यक्तित्व पनि गुमेको विश्लेषण गरिएको बीबीसीले जनाएको छ ।

उनी राजा वजिरालोङकोर्नका सात सन्तानमध्ये जेठी छोरी थिइन् । उनको जन्म ७ डिसेम्बर १९७८ मा राजाकी पहिलो पत्नी तथा आफन्त राजकुमारी सोअमसावालीबाट भएको थियो ।

राजकुमारी बजरकितियाभाले कानुन विषयमा अध्ययन गरेकी थिइन् । उनले अमेरिकाबाट दुईवटा स्नातकोत्तर उपाधि हासिल गरेकी थिइन् । त्यसपछि उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा थाइल्याण्डको स्थायी नियोगमा केही समय काम गरेकी थिइन् । पछि थाइल्याण्ड फर्किएर बैंकक तथा अन्य स्थानका महान्यायाधिवक्ताको कार्यालयमा पनि काम गरेकी थिइन् । सन् २०१२ देखि २०१४ सम्म उनी अष्ट्रियाका लागि थाइल्याण्डकी राजदूत थिइन् ।

उनले विशेष गरी जेलमा रहेका कमजोर अवस्थाका महिलाहरूको पक्षमा आवाज उठाउँदै कारागार सुधारको आवश्यकता औँल्याएकी थिइन् । थाइल्याण्डमा महिला कैदीहरूको संख्या विश्वकै उच्चमध्ये एक मानिन्छ ।

थाइल्याण्ड फर्किएपछि पनि उनले थाइल्याण्डको फौजदारी न्याय प्रणालीमा सुधारको वकालत गरिरहिन्, जहाँ सामान्य लागुऔषध राखेको अभियोगमा समेत कडा सजाय दिने गरिए को छ ।

सन् २०२१ मा उनका पिता राजा वजिरालोङकोर्नले उनलाई आफ्नो निजी अंगरक्षक दस्ताको प्रमुख कर्मचारी (चीफ अफ स्टाफ) नियुक्त गर्दै जनरलको दर्जा प्रदान गरेका थिए ।

राजकुमारी बजरकितियाभा फिटनेसप्रेमी पनि थिइन् । उनी लामो दूरीको दौड प्रतियोगिताहरूमा नियमित रूपमा सहभागी हुने गर्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?