+
+

रुसका उपरक्षामन्त्री पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते १८:३०

८ असोज, मस्को । युक्रेनको सैन्य कारबाहीका परिचालन अभियान बीच रूसी सेनाको सैन्य बन्दोबस्तीको जिम्मेवारीमा रहेका आफ्ना उच्च पदस्थ जनरलको प्रतिस्थापन गर्ने घोषणा रूसले शनिबार गरेको छ ।

‘सेनाका जनरल दिमित्री बुल्गाकोभलाई उपरक्षामन्त्री पदबाट मुक्त गरिएको छ र उहाँको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्तसेभलाई नियुक्त गरिएको छ,’ रक्षा मन्त्रालयले टेलिग्राम सन्देशमा भनेको छ ।

युक्रेनको बन्दरगाह शहर मारिउपोललाई गत मे महिनामा रूसी सेनाले कब्जामा लिएको आरोपमा ६० वर्षीय मिजिनत्सेभमाथि बेलायतले प्रतिबन्ध लगाएको छ ।

सैन्य अभियान र युक्रेनी सेनाको हालैको सफलताले रूसी सेनामा महत्वपूर्ण बन्दोबस्तीका त्रुटिहरूको उजागर गरेको भनाइहरू आइरहेका समय यो जिम्मेवारी परिवर्तन भएको हो ।

केही विश्लेषकहरूले बन्दोबस्ती रूसी सेनाको कमजोर कडी भएको पनि विश्वास गर्छन् । यसका कारण आक्रमणको सुरुवातपछि कठिनाइहरू निम्त्याउँदछ ।

रूसमा बुधबार घोषणा गरिएको आंशिक परिचालन सशस्त्र बलका लागि बन्दोबस्ती एक सशक्त चुनौती हो ।

रूसभरिबाट आउने लाखौं जगेडा सैनिकहरूलाई युद्धभूमिमा तैनाथ गर्नु अघि बोलाउनु, सुसज्जित र प्रशिक्षित गर्नु आवश्यक छ । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?