+
+

चौतर्फी चुनौतीमाझ धीरज र अदिती स्टारर ‘बाबरी’को कमाइ कस्तो रहला ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते ११:५५

काठमाडौं । चौतर्फी चुनौतीका बाबजुद धीरज मगर र अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । दशैंको ‘फेस्टिभ मुड’मा रिलिज हुन लागेको फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा पनि छ, तर व्यावसायिक पक्षलाई लिएर चुनौती उत्तिकै छन् ।

अहिलेसम्मको ट्रेन्डिङलाई हेर्दा फिल्मले उत्साहजनक ओपनिङ गर्ने प्रक्षेपण छ । के ‘बाबरी’ले यी चुनौतीलाई चिर्न सक्ला ?

पटक–पटक प्रदर्शन मिति हेरेफेर हुँदा प्रमोसनले लय गुमाउँछ, जुन चुनौती बाबरीलाई छ । पूर्वनिर्धारित रिलिज मितिबाट दशैंमा आइपुगेको बाबरीको यतिबेला ‘पब्लिसिटी ड्रप’जस्तो देखिन्छ । जुन ‘मोमेन्टम लुज’ फिल्मले गरेजस्तो देखिन्छ, त्यसलाई तत्काल उकास्नु जरुरी छ ।

दशैं सुरु हुनु भनेको पर्व सुरु हुनु मात्र होइन । किनमेलदेखि मानिसहरु एकठाउँबाट अर्को ठाउँमा जाने समय पनि हो । किनमेल भन्ने बित्तिकै क्रयशक्तिको कुरा आउँछ ।

क्रयशक्तिको आर्थिक दबाबका बाबजुद पनि बाबरीले दर्शकलाई हलसम्म तान्नु अर्को चुनौती छ । किनभने दर्शकले हप्तैपिच्छे ठूला फिल्म हेर्न पैसा खर्च गरिरहेका छन् ।

‘रिलिज क्राउड’को प्रभाव ‘बाबरी’मा देखिन सक्छ । सोही मितिमा दुई भारतीय प्रतीक्षित फिल्म विक्रम वेधा र पीएस वान प्रदर्शन हुनेछन् र पर्दा बाँडिनेछन् । विक्रम वेधाले काठमाडौंमा बाबरीलाई ‘डिस्टर्ब’ गर्न सक्छ, तर मोफसलमा बाबरीले राम्रो कमाइ गर्न सक्छ ।

विगतमा पनि मोफसलमा नेपाली फिल्मले राम्रो कमाइ गरेको इतिहास जो छ । जसको फाइदा बाबरीले पाउन सक्छ । तर काठमाडौं उपत्यका मल्टिप्लेक्स केन्द्रित ठाउँ भएकाले बाबरीलाई चुनौती हुनेछ ।

अर्कोतर्फ टिजर र संगीतमार्फत बाबरीले राम्रो हाइप प्राप्त ग¥यो । ट्रेलरबाट बाबरीको अपेक्षित हाइप प्राप्त हुन सकेन । यो मिश्रित रेस्पोन्सका बाबजुद बाबरीले कसरी दर्शकलाई हलसम्म तान्न सक्छ, महत्वपूर्ण छ ।

अदिती बुढाथोकी र धीरज मगरको फ्यान फलोइङ राम्रो छ । धीरजलाई इन्टु मिन्टु लण्डनमा फिल्म हेर्न उनका फ्यान उर्लिएका थिए । उनको फ्यानको यो हिस्सा बाबरी हेर्न उत्सुक छ । सोहीअनुसार अदितीलाई पनि पछ्याउने धेरै छन् ।

यी अवसर र चुनौतीको बाबजुद बाबरीले आफूलाई कसरी बक्स अफिसमा प्रस्तुत गर्छ, सोहीअनुसार यसको भविष्य निर्भर हुनेछ । सुरेन्द्र पौडेल निर्देशित फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?