+
+

पुरानो आइफोन बेच्ने युवतीको घोषणा, लाखौँमा किन्न तन्नेरीहरुको होडबाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १७:५९

काठमाडौं । सोसल मिडियामा एक सुन्दरी युवतीको पोष्ट भाइरल बनिरहेको छ । वास्तवमा ती युवती एक थाई मोडल हुन् जसले आफ्नो आइफोन १२ प्रो म्याक्सका केही तस्वीर फेसबुकमा शेयर गर्दै आफ्नो त्यो आइफोन बिक्रि गर्न चाहेको बताएकी थिइन् । साथै उनले आफ्नो उक्त आइफोन खरिद गर्नेले फोनमा रहेका आफ्ना व्यक्तिगत तस्वीर तथा भिडियो क्लिप्सहरु पनि प्राप्त गर्ने बताएकी छिन् ।

कामुक सुन्दरीले निजी तस्वीर र भिडियोहरु समेत संग्रहित आइफोन बिक्रिमा राखेपछि तन्नेरी पुरुषहरुलाई के चाहियो ? उनको उक्त पूरानो संस्करणको आइफोनका लागि लाखौँ रुपैयाँ तिर्न मानिसहरु तयार भैरहेका छन् । एक व्यक्तिले त उक्त आइफोनका लागि करीब १४ लाख दिन तयार भएका छन् ।

आफ्नो पूरानो आइफोन बेच्नका लागि फेसबुकमा विज्ञापन गर्ने ती थाई मोडलको नाम कनोक्यदा का नान जितमपोन हो । २६ वर्षीया मोडलले गत सेप्टेम्बर १८ मा आफ्नो आइफोनको तस्वीर फेसबुकमा शेयर गर्दै आफूले पूरानो आइफोन बिक्री गरेर आइफोन १४ प्रो म्याक्सको १२८ जिबीवाला मोडेल खरिद गर्न चाहेको उनले बताएकी थिइन् ।

‘साथै आफ्नो आइफोन खरिद गर्नेले त्यसमा रहेका आफ्ना निजी तस्वीर तथा भिडियोहरु पनि पाउने उनले लेखेकी छिन्। उनको उक्त फेसबुक पोस्टलाई हजारौँले लाइक्स तथा शेयर गरेका छन् । त्यसमा हजारौँ प्रतिक्रियाहरु आएका छन् ।

आफ्नो आइफोनमा पहिलेदेखि रहेका आफ्ना कुनैपनि तस्वीर तथा भिडियोहरु आफूले डिलिट नगर्ने र खरिदकर्तालाई जस्ताको तस्तै प्रदान गर्ने उनले बताएकी छिन् । आफ्नो आइफोनमा करीब ३० हजार तस्वीर तथा ४ हजार भिडियो क्लिप्स रहेको उनको जिकिर छ ।

उनको त्यो फेसबुक पोस्ट भाइरल भएसँगै उनलाई यतिधेरै रकमको अफर आएको छ कि त्यसले उनले २० वटा नयाँ आइफोन खरिद गर्न सक्छिन् । एकजना फेसबुक प्रयोगकर्ता एक्लैले करीब १४ लाखमा उक्त आइफोन खरी दगर्ने प्रस्ताव गरेका छन् ।

जीतमपोन थाइल्याण्डमा निकै लोकप्रिय सोसल मिडिया सेलिब्रेटी पनि हुन् । उनको फेसबुकमा करीब १७ लाख तथा इन्स्टाग्राममा ५ लाख फलोअर्स छन् ।

धेरै फ्यानले आफ्नो आइफोनका लागि मोटो रकम अफर गरेपनि उनले अहिलेसम्म कसलाई आइफोन बेच्ने भन्ने निधो चाहिँ गरिसकेकी छैनन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?