+
+

नेपथ्यले ‘मानवताका लागि संगीत’ शीर्षकमा अभियान चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १७:५८

काठमाडौं । चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘मानवता प्रवर्द्धन अभियान’ सञ्चालन गर्ने भएको छ । ब्यान्डले मानव सेवा आश्रमसँगको सहकार्यमा ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि संगीत शीर्षकमा आगामी वर्ष उक्त अभियान चलाउने भएको हो ।

तीन दशक भन्दा लामो समयदेखि दर्शक(श्रोतालाई मनोरञ्जन प्रदान गरिरहेको नेपथ्यले संगीतलाई समायनुकूल सामाजिक अभियानमा पनि जोडिंदै आएको छ ।

मानव सेवा आश्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले ब्यान्डले विभिन्न कन्सर्टमार्फत आर्थिक सहयोग संकलनमा हातेमालो गर्ने नेपथ्यले जनाएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ ।’

मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म ७ हजार ३६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने २ हजार ८२३ जनालाई उनीहरुको परिवारमा पुनर्स्थापित गराइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?