+
+

कर्जाको ब्याजदर एकल अंकमा ल्याउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले कर्जाको ब्याजदर एकल अंकमा ल्याउन माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:२९
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल/फाइल तस्वीर

९ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरले बताएको छ ।

चेम्बरले हाल कायम स्प्रेड दर, एवं बैंकहरुको आधार दर समय सान्दर्भिक व्यवस्थापन गर्न आग्रह गरेको छ । ‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ’ आइतबार नेपाल चेम्बर अफ कर्मसले विज्ञप्ति जारी गर्दै भनेको छ ।

कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बरले माग गरेको छ । यस्तै उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नका लागि एकल दरको ब्याज कायम गर्नुपर्ने माग गरेको छ ।

बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी विगतका वर्षहरुमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था चेम्बरले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । ‘परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा प्रवाह गरिएको कर्जामा निश्चित अवधिसम्म स्थिर ब्याजदर कायम गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निक्षेप लिएर कर्जा प्रवाह गर्दा सोही महिनामा ब्याजदर वृद्धि नगरी ३ महिनापछि मात्रै कायम गर्ने व्यवस्थालाई यथावत राख्ने व्यवस्था गर्नुपर्छ ।’

चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पूँजीगत खर्च समयमै गर्न समेत आग्रह गरेको छ । ‘नेपालमा व्यावसाय सञ्चालन प्रक्रिया परम्परागत शैलीमा सञ्चालन भएकोले कारोवारलाई डिजिटलाइजेसन र उधारो कारोबारलाई निरुत्साहित गर्नुपर्छ । चेक बाउन्स भएमा कालोसूची लगायतका अन्य प्रक्रियाका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी व्यवस्थित गर्नुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?