+
+

मिस नेपाल प्रियंकाले दुर्गम चेपाङ गाउँमा बिजुली र खानेपानी पुर्‍याइदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १०:१९

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले चितवनको इच्छाकामना गाउँपालिकास्थित चेपाङ गाउँ मेतराङमा बिजुली र खानेपानी उपलब्ध गराइदिने भएकी छन् ।

विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को लागि प्रियंकाले परियोजना अघि बढाएकी हुन् । गत साता गाउँ पुगेर काठमाडौं फर्किएकी उनले खानेपानीको लागि पम्प निर्माण पनि थालेकी छन् ।

त्यहाँको कुल ५८ घरमा बिजुली जडान गर्ने योजना छ । गाउँमा चेपाङ समुदायको बसोबास भएकाले स्थानीय महिलालाई बिजुली बत्तीको बिल तिर्न र घरखर्च जोहो गर्न मौरीपालन र टपरी बुन्नेजस्ता उद्यमशीलता पनि उनले व्यवस्था गरिदिने  भएकी छन् ।

ती उत्पादनलाई मलेखुसहित नजिकको गाउँमा पुर्‍याउने व्यवस्था पनि हुनेछ । बिक्रीबापत महिलाहरुले बजारबाट मासिक पैसा पनि पाउनेछन् । २७८ जनसंख्या रहेको गाउँका पुरुषहरु दशैंतिहार जस्ता चाडपर्वमा मात्र गाउँ फर्कने र अघिपछि कमाउन काठमाडौं, पोखरा र भारत पुग्ने गर्छन् ।

दुर्गम मेतराङका बालबालिकासँग मिस नेपाल प्रियंकारानी जोशी ।

‘गाउँमा महिला, बच्चा र वृद्धवृद्धाहरु हुनुहुन्छ । पुरुषहरु काम गर्न वर्षमा बाहिर जाने र दशैंतिहारमा फर्कने गर्नुहुँदो रहेछ,’ प्रियंकाले भनिन् । परियोजनालाई सफल तुल्याउन उनले नीति निर्माण तहमा समेत छलफल चलाएकी छन् ।

नेपाल विगतदेखि नै मिस वर्ल्डको ब्युटी विथ पर्पस विधाको प्रमुख दाबेदार हो । तीनपटक त नेपालले यो विधा जितेको छ । प्रियंका पनि यो विधा पुनः नेपालले जित्नेमा आशावादी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?