+
+

नेपाल समाजवादी पार्टीका नेताहरु माओवादीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १९:४२

१० असोज,बुटवल । जनता समाजवादी पार्टी छाडेर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीतिर लागेका १५ भन्दा बढी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेपाल समाजवादी पार्टीमा लाग्नुअघि मुसलमान जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष, पोखरेल मुख्य सचिव र लक्ष्मी यादव सचिव थिए । उनीहरुसंगै जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तव पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले पार्टीमा स्वागत गरे । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तवबाहेक अरु कोही पनि आफ्नो पार्टीका नेता- कार्यकर्ता नरहेको बताए ।

माओवादी प्रवेश गरेका पोखरेलले बाबुराम भट्टराईलाई लक्षित गरेर फेसबुकमा ‘कसैसंग गुनासो छैन, तपाईंहरुले देखाएको बाटोमा म अलि अगाडि लागेको मात्रै हो’ भनेर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?