
११ असोज, विराटनगर । मोरङको लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी किशोरीमाथि बलात्कार भएको छ । लेटाङ नगरपालिका–९ की १९ वर्षीया युवतीमाथि बलात्कार भएको हो ।
बलात्कार आरोपमा लेटाङ–३ का ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । राईले आफ्नो खेतमा बनाएको टहरोमा शनिबार राति किशोरीलाई लगेर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले बताएको छ ।
पीडित किशोरीका दुवै खुट्टा चल्दैनन् । हिँडडुल गर्न नसक्ने किशोरीलाई बोकेर टहरोमा लगेर करणी गरेको देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4