
काठमाडौं । अष्ट्रेलियामा रहेको डी-ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले त्यहाँका विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरु सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारेजानकारी दिए ।
यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन-५ यस पटक ११ देशमा हुने कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताए ।
अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाईट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका शहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डि ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए ।
अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थामा डी-ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले व्यवस्थापनको तयारी गरेको छ ।
डिसेम्बर १३ तारिखदेखि २१ तरिखसम्म कार्यक्रम हुने भएको छ । अष्ट्रेलिया पछि जापान, दुबई, दक्षिण कोरिया, न्युजिल्याण्ड, युरोप, बेलायत, क्यानडा, अमेरिका र नेपालमा पनि कार्यक्रम हुने भएको छ ।
यो सिजनको लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीले प्रस्तुति दिने भएका छन् ।
कर्पोरेशनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेस्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेको समेत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4