+
+

पार्टनरसँगै मनास्लु गएकी थिइन् कीर्तिमानी हिलारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १५:५४
पार्टनर जिम मोरिसनसँग हिलारी नेल्सन । तस्वीर : हिलारी नेल्सनको फेसबुकबाट

१२ असोज, काठमाडौं  । ४९ वर्षीया हिलारी नेल्सनले स्की खेलेरै विश्वभरि चर्चा कमाइन् । सन् १९७२ डिसेम्बर १३ जन्मेकी उनका दुई छोरा छन् । पार्टनर जिम मोरिसन पनि मनास्लुको स्की खेलमा साथै थिए ।

सन् २००५ मा उनले नेपालको चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् । सन् २०१२ मा उनले ८ हजार मिटर भन्दा अग्लो ल्होत्से हिमालको चुचुरोबाट अवतरण गरेकी थिइन् ।

८ हजार मिटर अग्ला दुई हिमाल अवतरण गरेको कीर्तिमान उनकै नाममा छ । त्यसपछि सन् २०१८ मा नर्थ फेसले उनलाई एथलिट टिमको लिडर बनाएको थियो । सन् २०१८ मै नेशनल जिओग्राफिकले उनलाई एडभेन्चरर अफ दि इयर घोषणा गरेको थियो ।

मेन्स जर्नलले उनलाई २५ वर्षको अवधिकै सबैभन्दा साहसी महिलाको दर्जा दिएको छ ।

मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको हो । ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भीमथाङ क्षेत्रबाट हराएकी थिइन् ।

उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो । उनीहरुले शव भेटेको खबर गरेपछि हेलिकप्टर त्यसतर्फ पठाइएको छ । उनको शवलाई हेलिकप्टरमार्फत् गोरखाको सामागाउँ हुँदै काठमाडौं ल्याइने छ ।

गत सोमबार बिहान करिब साढे ११ बजे मनास्लुको तेस्रो र चौथो आधार शिविरमा हिमपहिरो गएको थियो । घटनामा एक जना नेपालीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । सोही क्रममा हिलारी बेपत्ता भएकी थिइन् । उनीसँगै स्की गर्दै आएका उनका पार्टनर जिम मोरिसन यात्रामा साथै थिए । तर उनी सकुशल छन् ।

हिलारीले २४ घण्टाभित्र सगरमाथा र ल्होत्से हिमाल आरोहणमा सफलता प्राप्त गरी कीर्तिमान राखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?