+
+

वाईसीएलले ‘एक बुथ, २०० युथ’ खटाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते ७:३९

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले निर्वाचन लक्षित अभियान सन्चालन गर्ने भएको छ ।

वाईसीएल अध्यक्ष सुबोध शेर्पालीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘एक बुथ, २ सय युथ’ परिचालन गर्ने भएको छ ।

वाईसीएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठक सकाएर तीन महिने सुदृढीकरण तथा विस्तार अभियान समेत घोषणा गरेको छ । अभियानको उद्देश्य देशभर ९ लाख सदस्यता वितरण गर्ने रहेको शेर्पालीले बताए ।

वाईसीएलको विधानको व्यवस्था अनुसार हरेक वडामा कम्तीमा १ सय सदस्यता वितरण हुने छ । त्यस्तै प्रत्येक वडामा १ वडा कमिटी र ३ इकाइ कमिटी समेत बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?