+
+

पारस शाहबाट कति प्रभावित धीरजको ‘बाबरी’ अभिनय ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १२:२७

काठमाडौं । धीरज मगर यतिबेला फिल्म ‘बाबरी’लाई लिएर चर्चाको केन्द्रमा छन् । तर उनी चर्चालाई पछ्याउने स्वभावका छैनन् । बरु चर्चा उनलाई पछ्याउँदै आउँछ ।

को-स्टारहरु अदिती बुढाथोकी र धीरज नाड्करसँगै धीरज मगर फिल्मको प्रवद्र्धन अभियानमा छन् किनभने रिलिज शुक्रबारदेखि हुँदैछ । फिल्ममा धीरजले सानो राजा साहेबको चरित्रमा अभिनय गरेका छन् ।

धेरैले ‘बाबरी’को उनको अभिनय र संवाद शैली दयाहाङ राई र सौगात मल्लबाट प्रभावित भएको बताए । धीरज यी कुरालाई अस्वीकार पनि गर्दैनन् । तर फिल्मको वर्कसप समयमा उनले आत्मसात गरेको चरित्र भने दयाहाङ र सौगातको भने होइनन् ।

उनी हुन् पूर्वयुवराज पारस शाह ।

फिल्मको सुटिङ सुरु हुन जम्मा तीन साता बाँकी थियो । उनलाई राजा साहेबको चरित्र निर्वाह गर्नु थियो । तर जीवनमा यस्ता चरित्रलाई नजिकबाट नदेखेका धीरजलाई यो चरित्रमा डुब्नु सकसपूर्ण पनि थियो ।

अभिनय कोच सुदाम सीकेसँग धीरज यही कुरालाई लिएर सकसमा थिए । यही गफगाफमा उनको दिमागमा पारस शाहको चित्र आयो । अनि त उनलाई चरित्रमा डुब्ने द्वार खुल्यो ।

अनि पारस शाहबारे गुगल पनि गरे । पारसको हिंड्ने, बोल्ने र अन्य स्वभावलाई उनले नजिकबाट उतार्ने प्रयास गरे । तर धीरज आफूले पारसको नक्कल गरेको नभई, स्वभाव उतार्ने मात्र प्रयास भएको बताएका छन् । ‘मैले पारस सरकारको नक्कल गरेको होइन, इमेजलाई चित्रण मात्र गरेको छु,’ उनी भन्छन् ।

फिल्ममा धीरजले पारसको व्यक्तित्वलाई कसरी आत्मसात गरेका होलान्, फ्यानहरु यसबारे जान उत्सुक छन् । सुरेन्द्र पौडेल निर्देशित फिल्म शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?