+
+

अनलाइन सपिङ : ड्रोन क्यामरा अर्डर गर्दा प्राप्त भयो आलु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १२:५०

काठमाडौं । अनलाइन सपिङ प्लाटफर्महरुबाट सामान खरीद गर्दा कहिलेकाहीँ अचम्मै हुन्छ । एउटा चिज खरीद गरिएको हुन्छ तर डेलिभरी अर्कै चिजको हुन्छ ।

हालै एकजना व्यक्तिले इ कमर्श प्लाटफर्मबाट ड्रोन क्यामरा अर्डर गर्दा आलु प्राप्त भएको छ ।

भारतको बिहारस्थित नालन्दामा यो घटना भएको बताइएको छ । त्यहाँका एक युवकले Meesho Pkaf6 DJI को ड्रोन क्यामरा अर्डर गरेका थिए । अर्डर बमोजिम उनको घरमा एउटा प्याकेट आयो । जब उनले उक्त प्याकेट खोलेर हेरे त्यसमा ड्रोन क्यामरा नभै आलु राखिएको थियो । ड्रोन खरीद गर्दा बिक्रेताले आलु डेलिभर गरेको भिडियो सोसल मिडियामा निकै भाइरल बनेको छ ।

यो घटना सार्वजनिक भएसँगै सपिंग एप मीशोले यस विषयमा छानबिन गरिरहेको जनाएको छ । साथै ड्रोन खरीद गरेर आलु पाएका युवकको पैसा फिर्ता गर्ने प्रक्रिया सुरु गरेको पनि बताएको छ ।

यद्यपि अनलाइनमा सपिंग गर्दा हुने यस्ता घटना नौला होइनन् । हालैमात्र भारतमा एकजना व्यक्तिले फ्लिपकार्टबाट ल्यापटप अर्डर गर्दा एक बक्स साबुन प्राप्त गरेका थिए ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?