+
+

थापाथलीमा दशैँको खसी, बोका बिक्री सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १५:२३

१३ असोज, काठमाडौं । दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरू भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरू भएको हो ।

कम्पनीसँग एक हजार वटा खसी, बोका र दुई सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा तीन सयवटा खसी बोका र सय वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।

प्रमुख थापाले खसी, बोका बिक्री वितरण गर्दा पशु चिकित्सकले जाँच गरेर मात्रै स्वस्थ खसी, बोका बिक्री वितरण गरिरहेको बताइन् । उनले खसी, बोका तथा च्याङ्ग्रा बजार मूल्यभन्दा सस्तो गरी बिक्री भइरहेको पनि उल्लेख गरिन् । थापाथलीस्थित प्रादेशिक कार्यालयमा उपभोक्ताको चाप रहेको उनको भनाइ छ ।

उनले कम्पनीले असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत मूल्य पसल सञ्चालन गरिरहेको बताइन् । बिक्री कक्षमा नपुगेका उपभोक्ताहरुका लागि सहकारी डिलर लगायतका माध्यमबाट उपभोक्ताका घर घरमा उपभोग्य सामग्री पुर्‍याएको उनको भनाइ छ ।

प्रमुख थापाले थापाथली विक्रि कक्षमा दैनिक ४ सयदेखि ५ सय जनासम्म उपभोक्ताले सेवा लिइरहेको बताइन् । ललितपुर सातदोबाटोबाट खसी किन्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित वागमती प्रादेशिक कार्यालयमा पुगेका प्रदीपजंग कार्कीले खसी, बोकाको भाउ चित्तबुझ्दो भएपनि च्याङ्ग्राको भाउ धेरै महंगो भएको प्रतिक्रिया दिइन् ।

विभागले १० रुपैयाँ छुटसहित जिउँदो खसी प्रतिकेजी ६७० रुपैयाँ, जिउँदो बोका प्रतिकेजी ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्रा १ हजार २५० रुपैयाँमा बिक्री वितरण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?