
१३ असोज, काठमाडौं । टोटेनह्यामका कप्तान ह्यारी केनले ब्राजिलियन फुटबल रिचर्डसनलाई गरिएको रंगभेदपूर्ण व्यवहार मान्य नभएको बताएका छन् ।
मंगलबार तुसिनिया र ब्राजिलबीच भएको मैत्रीपूर्ण खेलमा तुसिनियामाथि ५–१ को जित निकालेको ब्राजिलियन फर्वाड रिचर्डसनमाथि रंगभेदी व्यवहार हुनु अस्वीकार्य भएको केनले बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा बताए ।
मंगलबार भएको खेलको दौरान रिर्चडसनले गरेको गोलको खुसी मनाउने क्रममा केही समर्थक समूहबाट उनीमाथि रंगभेदी व्यवहार भएको थियो । केही समर्थकहरुले उनीमाथि केरा फालिदिएका थिए ।
केनले खेलाडीमाथि खेलभन्दा पनि रंगका कारण विवाद हुनु निन्दनीय रहेको बताएका थिए । ‘मैले रिर्चडसनले यसमा कुनै प्रतिक्रिया दिएको जस्तो लाग्दैन । फिफाले पनि समर्थकमाझबाट भएको उक्त कार्यबारे अनुसन्धान हुने बताएको छ । तर यस्ता कार्य अस्वीकार्य छ’ केनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4