+
+

यतीको नयाँ जहाजले थाल्यो व्यावसायिक उडान

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १३:०३

१४ असोज, काठमाडौं । निजी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले थप गरेको जहाजले शुक्रबारदेखि व्यावसायिक उडान थालेको छ । गत भदौ २० गते छैटौं एटीआर ७२–५०० विमान थप गरेको थियो । सोही जहाजले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको कम्पनीले जनाएको छ ।

नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरि नेपाल नागरिक उड्डयान प्राधिकरणबाट उडान अनुमति लिएर शुक्रबार बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान गरेको एयरलाइन्सका प्रबक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । सो विमानलाई प्राधिकरणले नाइन एन–एएमजेट कल साइन दिएको छ । ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नम्बर ९८६ भएको उक्त विमानको जम्मा ८ हजार २७३ साइकल र १० हजार २९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

एटीआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानहरुमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमान पश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो ।

नेपालमा ट्रंक रुटमा उडान भरिरहेका अन्य विमानहरु भन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान भएको समेत उनले जानकारी दिए । विमानहरुको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ । एटीआर विमानको साइकल ७० हजार भन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ । यतीले काठमाडौंबाट चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज लगायत पर्वतीय उडानहरुमा आफ्नो सेवा दिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?