+
+

यतीमा यात्रा गर्ने ग्रिस्मा खनालले जितिन् बेनेलीको स्कुटर

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १९:०३

काठमाडौं । यती एयरलाइन्सले सञ्चालन गरेको चाडपर्व विशेष ‘यतीसँग, उत्सवको उमङ्‍ग’ योजनाको बम्पर उपहार ग्रिस्मा खनालले जितेकी छिन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस अवसर पारेर यतीले फेसबुक लाइभमार्फत ‘लक्की ड्र’ गरेको थियो, जसमा खनालले सिट्रोनका तर्फबाट पानारोमा बेनेली १२५ सीसी स्कुटर प्राप्त गरेकी हुन् । उनले यतीबाट १४ मंसिरमा काठमाडौं–भैरहवा यात्रा गरेकी थिइन् ।

यस्तै, दोस्रो पुरस्कार १२ मंसिरमा काठमाडौं–विराटनगर उडान गरेका राजेन्द्र राईले पाएका छन् । उनले श्री रिद्धिसिद्धि ज्वेलर्सका तर्फबाट हिराको सिक्री प्राप्त गरेका छन् ।

तेस्रो पुरस्कार पानासोनकिको फ्रिज सिर्जना केसीले प्राप्त गरेकी छिन् । उनले यतीबाट १२ मंसिरमा काठमाडौं–नेपालगञ्ज उडान गरेकी थिइन् ।

मासिक पुरस्कार विजेतामा अरुणकुमार यादव र पदमबहादुर बस्नेत छन् । उनीहरूले नथिङ नेपालका तर्फबाट सीएमएफ इयरबड प्राप्त गरेका छन् ।

साप्ताहिक पुरस्कार तारादेवी बस्नेत, श्रीपति साहु, सन्जुकृष्ण भट्टराई, डम्बरप्रसाद तिमिल्सिना, रुपेश धिमाल, विकास गुरुङ, रुजन तुलाधर र अनुज ढकालले पाएका छन् । उनीहरूले आईबीबी नेपालका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पाएका छन् ।

यतीले चाडपर्वका बेला यात्रा गर्ने आफ्ना यात्रु लक्षित गरी दुई महिना समयावधि (२२ असोजदेखि २१ मंसिरसम्म) ‘यतीसँग, उत्सवको उमङ्‍ग’ योजना सार्वजनिक गरेको थियो । यस अवधिमा २ लाख ४ हजार ४ सय ८५ जनाले यतीबाट यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?