+
+

गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते १८:१६

१५ असोज, गोरखा । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतसँगै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय पनि स्थापना गरिएको छ ।

त्यस्तै गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय गोरखा इकाइको भवनमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माले पाएका छन् । उनले निर्वाचन क्षेत्र नम्बर १ समेत हेर्ने छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको जिम्मेवारी नारदप्रसाद भट्टराईलाई दिइएको छ ।

शनिबार एक कार्यक्रमका बिच दुवै कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शर्मा, निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भट्टराई, जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला निर्वाचन कार्यालय प्रमुख टेकबहादुर कोइराला, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रमकै अवसरमा जिल्लामा राजनीतिक दलका प्रतिनिधिलाई निर्वाचन आचारसंहिताबारे जानकारी समेत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?