+
+
Shares

बेइमानीको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते ७:२२

बेइमानीको जीत भयंकर हुन्छ

धुमधाम बाजा गाजा हुन्छ

अघिपछि गँजेडी साथमा गाँजा हुन्छ

 

अगाडिको बाटो जाम हुन्छ

इमान्दार जति बेकाम हुन्छ

भुष्तिघ्रेवाला नै ठालू हुन्छ

दहिचिउरेवाला विषालु हुन्छ

अघि र पछि यस्ताकै लाम हुन्छ

नेताज्यू त यसै राजा हुन्छ

बेइमानीको जीत भयंकर हुन्छ

धुमधाम बाजा गाजा हुन्छ

अघि पछि गँजेडी साथमा गाँजा हुन्छ

 

सामुहिक वल षडयन्त्रको थलो हुन्छ

साझा धन आसेपासेको खलो हुन्छ

विद्धान पनि विल्लीवाँठ हुन्छ

निर्दो यसै विचल्ली हुन्छ

स्रोत सुण्ड मुण्डको खाजा हुन्छ

बेइमानीको जीत भयंकर हुन्छ

धुमधाम बाजा गाजा हुन्छ

अघिपछि गँजेडी साथमा गाँजा हुन्छ

 

जित्नु अघि रुझेको मूसो हुन्छ

जितेपछि ढाडे विरालो हुन्छ

जित्नुअघि जनतासामु धुनुष हुन्छ

जितेपछि साँढेको धाक हुन्छ

राजाहरुको पनि महाराजा हुन्छ

बेइमानीको जीत भयंकर हुन्छ

धुमधाम बाजा गाजा हुन्छ

अघिपछि गँजेडी साथमा गाँजा हुन्छ

 

वेलैमा वेइमाननचिने भुल हुन्छ

लालच र मदिराले मन चुलबुल हुन्छ

आफ्नै हातमा बटन र खटन हुन्छ

बेहोशीमै पात्र चुनेपछि

भाग्य एवंम भविष्य त धाँजा धाँजा हुन्छ

बेइमानीको जीत भयंकर हुन्छ

धुमधाम बाजा गाजा हुन्छ

अघिपछि गँजेडी साथमा गाँजा हुन्छ

 

अनि चियापसलमा गुनासो हुन्छ

जताततै मोफसलमा गाली हुन्छ

जहाँ जसलाई जे सुकै होस

अघिपछि उसको ताली हुन्छ

न्याउली रोएर कहाँ बाधा हुन्छ

बेइमानीको जीत भयंकर हुन्छ

धुमधाम बाजा गाजा हुन्छ

अघिपछि गँजेडी साथमा गाँजा हुन्छ

(सूर्यनारायण एच पेलिस)

               म्याग्दे -६ तनहुँ

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?