
१६ असोज, काठमाडौं । एर्लिङ हल्यान्ड र फिल फोडनको हृयाट्रिकसँगै सिटीले म्यानचेष्टर डर्बीमा शानदार जित हात पारेको छ ।
सोमबार घरेलु मैदान, उत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले युनाइटेडलाई ६-३ गोल अन्तरले हराएको हो ।
खेलमा सिटीले आठौं मिनेटमै फोडनको गोलबाट अग्रता लिएको थियो । ३४ र ३७ औं मिनेटमा हल्यान्डले लगातार दुई गोल गरे । ४४ औं मिनेटमा फोडनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा सिटीले ४-० को अग्रता लियो ।
दोस्रो हाफमा युनाइटेडले खेलमा फर्किने प्रयास गर्यो । खेलको ५६औं मिनेटमा एन्टोनीले उत्कृष्ट गोल गरेका थिए ।
तर ६४ औं मिनेटमा सिटीका हल्यान्डले हृयाट्रिक पूरा गरे । यससँगै हल्यान्ड प्रिमियर लिगको लगातार तीन होम गेममा हृयाट्रिक गर्ने पहिलो खेलाडी बने । यो सिजनमा मात्र सिटी आएका उनको १० खेलमा १७ गोल भइसकेको छ ।
खेलको ७२औं मिनेटमा फोडनले पनि हृयाट्रिक पूरा गर्दा खेल सिटीको नियन्त्रणमा गयो ।
एन्टोनी मार्सलले इन्जुरी टाइमको पेनाल्टीसहित दुई गोल गरे पनि युनाइटेडको लज्जास्पद हार टार्न पर्याप्त भएन ।
यो जितसँगै सिटीको ८ खेलबाट २० अंक भएको छ र लिगको दोस्रो स्थानमा छ भने युनाइटेड ७ खेलबाट १२ अंकका साथ छैटौं स्थानमा छ । लिग लिडर आर्सनलको ८ खेलबाट २१ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4