+
+

एयरक्राफ्ट र पार्टपूर्जा आयातमा २ महिनामै बाहिरियो पौने २ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते ८:३०

१८ असोज, काठमाडौं । नेपालमा जहाज (हेलिकप्टरसहित) र त्यसको पार्टपूर्जा आयात चालु आर्थिक वर्ष २०७९/८० शुरु भएसँगै बढ्न थालेको छ ।

भन्सार बिहानको तथ्यांक अनुसार भदौ मसान्तसम्म यस्ता वस्तुको आयातका लागि एक अर्ब ७१ करोड २९ लाख रुपैयाँ विदेशिएको छ ।

पछिल्लो समय कोरोना भाइरसको महामारी कम हुँदै जाँदा वायुसेवा कम्पनीहरुले जहाज थप गर्ने क्रम समेत शुरु भएको छ । यती एयरलाइन्सले हालै थप एक जहाज भित्राएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भने वर्षभर नै यस्ता वस्तुको आयातमा ६ अर्ब १६ करोड ३४ लाख रुपैयाँ विदेशिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा भने मात्र तीन अर्ब ८१ करोड ६७ लाख रपैयाँ बराबरको एयरक्राफ्ट र उपकरण भित्रिएका थिए । यी आवमा हवाई क्षेत्र कोरोना भाइरसको प्रभावमा परेको थियो ।

आर्थिक वर्षको अन्तिम तिर मात्र कोरोनाको प्रभाव परेको आर्थिक वर्ष २०७६/७७ मा भने २१ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ बराबरको एयरक्राफ्ट तथा त्यसको उपकरण आयातमा विदेशिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालमा पर्यटन व्यवसाय राम्रो अवस्थामा रहँदा हवाई उद्योग समेत फस्टाउने गरेको छ ।

पछिल्लो समय आन्तरिक उडानमा स्वदेशी यात्रुको चापले समेत व्यवसायीमा उत्साह थपेको छ । अहिले दैनिक १५ हजार सम्म यात्रुले हवाई सेवा प्रयोग गर्छन् ।

जहाज र पार्टपूर्जा आयातमा कुन वर्षमा कति बाहिरियो ?

आव २०७९/८० : १ अर्ब ७१ करोड २९ लाख रुपैयाँ (पहिलो दुई महिना)
आव २०७८/७९ : ६ अर्ब १६ करोड ३४ लाख रुपैयाँ
आव २०७७/७८ : ३ अर्ब ८१ करोड ६७ लाख रपैयाँ
आव २०७६/७७ : २१ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?