+
+

सुर्खेतमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्यो, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १५:३९

२१ असोज, सुर्खेत । सुर्खेतको ब्यूरेनीमा गुडिरहेको स्कुटरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटी चालक वीरेन्द्रनगर नगरपालिका–४ का २९ वर्षको कमल पन्त र २५ वर्षका सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

शुक्रबार दिउँसो कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटरमा वीरेन्द्रनगरदेखि छिन्चुतर्फ जाँदै उनीहरुलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता सुरज कार्कीले जानकारी दिए ।

घाइते दुबै जनाको हाल वीरेन्द्रनगरस्थित सुर्खेत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टाउँको र पाखुरामा चोट लागेका उनीहरूको अवस्था सामान्य रहेको डीएसपी कार्कीले जानकारी दिए ।

स्कुटर पहिरोमा पुरिएको छ र अहिले सडक पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरने र भित्रिने सवारी साधानहरु ठप्प भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?