+
+

दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते ८:१२

२२ असोज, दाङ । दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् ।

बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए ।

मृत्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङका एसपी विनोद केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?