+
+

राष्ट्रपति भण्डारी आज अस्पतालमै रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १९:२८

२२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारका लागि  आज (शनिबार) राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नै बिताउने भएकी छन् ।

उपचारमा खटिएका चिकित्सकका अनुसार रगत परिक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।

चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् । नमुना परिक्षणमा खासै समस्या नदेखिए पनि ज्वरो कम नभएकाले उनलाई चिकित्सकले आजको रात अस्पतालमा राख्ने भएका हुन् ।

चिकित्सकका अनुसार २४ घण्टाको निगरानी पछि आइतबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । राष्ट्रपति भण्डारीलाई फिजिसियन निरज बमको टिमले उपचार सुरु गरेका छन् ।

१०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?