+
+

चितवन ३ मा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:२३

२३ असोज चितवन । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै नेता पौडेलले चितवन ३ मा कांग्रेसकै नेता–कार्यकर्ताहरुको दबावमा उम्मेदवारी दिन लागेको बताए ।

सत्ताधारी गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

गएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका थिए । महानगरमा उनले करिब १५ हजार मत ल्याएका थिए ।

कांग्रेसले अरू दल बोकेर हिँड्न हुन्न भन्ने एजेन्डा आफूले स्थापित गर्न खोजेको र त्यसमा सफल पनि भएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?