+
+

कांग्रेस नेता अजय द्विवेदीले पर्सा-१ मा स्वतन्त्र उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:२४

२३ असोज, वीरगञ्ज । सत्तारुढ गठबन्धनले पर्सा क्षेत्र नम्बर १ को सन्दर्भमा गरेको निर्णयबाट असन्तुष्ट नेपाली कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

गठबन्धनको तर्फबाट पर्सा-१ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण चुनाव लड्ने भएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । मनोनयन दर्ताको लागि दिउँसो ३ बजे वीरगञ्जकै रोयल पार्टी प्यालेसमा भेला हुन द्विवेदीले आफ्ना समर्थकहरुलाई आव्हान गरेका छन् ।

पर्सा-४ का निवर्तमान सांसद कर्ण गठबन्धनबाट पर्सा-१ मा चुनाव लड्दैछन् । कर्ण, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका थिए । २० हजार ७३८ मत ल्याएर उनी निर्वाचित हुँदा कांग्रेसका रमेश रिजालले १४ हजार ७०२ मत पाएर दोस्रो भएका थिए । त्यतिबेला दोस्रो भए पनि रिजालले टिकट लिन सफल भएका छन् ।

शेखर कोइराला पक्षका पूर्वजिल्ला सभापति समेत रहेका द्विवेदीको टिकट खोसेर लोसपालाई समर्थन गरेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट थिए ।

२०७४ सालमा वीरगञ्ज महानगरपालिकाको मेयरमा द्विवेदी तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार विजयकुमार सरावगीसँग पराजित भएका थिए । सरावगी १९ हजार ३९३ मत ल्याएर विजयी हुँदा उनले १७ हजार १९७ मत ल्याएका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि उनले मेयरमा उम्मेदवारी दिन चाहेका थिए, तर गठबन्धन हुँदा जनता समाजवादी पार्टीको भागमा मेयर पद परेपछि उनी पछि हटेका थिए ।

अनलाइनखबरसँग कुरा गर्दै नेता द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन भयो, वीरगञ्जको मेयर जसपाको भागमा परेपछि मैले जनताको माझमा जाने अवसर पाइनँ । अहिले आएर प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गलत तरिकाको गठबन्धन गरिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?