+
+

दशैं पछिको पहिलो कारोबार दिन २.४१ प्रतिशतले बढ्यो नेप्से

दशैं बिदा पछिको पहिलो कारोबार दिन नै सेयर बजारमा हरियाली छाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १५:२३

२३ असोज, काठमाडौं । दशैं बिदा पछिको पहिलो कारोबार दिन नै सेयर बजारमा हरियाली छाएको छ । दशैं बिदाका कारण लगातार ९ दिन बन्द भएर आइतबारदेखि खुलेको सेयर बजार परिसूचक नेप्से २.४१ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार बजार परिसूचक नेप्से ४४.६२ अंकले वृद्धि हुँदा १८९८.३८ अंकमा बन्द भएको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.७८ अंकले वृद्धि भएर ३७२.२१ अंकमा बन्द भएको छ ।

आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने १ अर्ब पनि पुगेन ।

आइतबार नेप्सेमा २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक २२ करोड ६९ लाख ८२ हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५१ लाख ९८ हजार र हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख ४५ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ८ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै उपकार लघुवित्तको सेयरमूल्य ९.८४ प्रतिशतल र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयरमूल्य ८.७० प्रतिशतले वृद्धि भएको छ ।

यता ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइ मूल्य सर्वाधिक ४.४८ प्रतिशतले गिरावट हुँदा आरबीबी म्युचुअल फण्डको इकाइ मूल्य १.९७ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?