+
+

एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:३०

२३ असोज, मकवानपुर । नेकपा (एमाले) मकवानपुरले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका हुन् ।

पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको भए पनि अन्तिम अवस्थामा कमल थापालाई उम्मेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्टभएको पाइएको छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?