+

यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन, चाइनिज ताईपेईसँग ४-२ ले पराजित

२०७९ असोज  २३ गते १७:११ २०७९ असोज २३ गते १७:११
यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन, चाइनिज ताईपेईसँग ४-२ ले पराजित

२३ असोज, काठमाडौं । भियतनाममा भइरहेको एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ ।

यू-१७ एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आइतबार चाइनिज ताइपेसँग ४–२ ले पराजित भयो ।

यसअघि नेपाल थाइल्याण्डसँग ३-० र भियतनामसँग ५-० ले पराजित भएको थियो ।

१० खेलाडीमा खेल सकाएको नेपालले अन्तिम १० मिनेटमा २ गोल खाएको थियो ।

चाइनिज ताइपेका लागि लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले गोल गरेका थिए । नेपालका लागि कप्तान प्रशान्त लक्षम र धन सिंह विकले एक-एक गोल गरे ।

लगातार तेस्रो हार बेहोरेका  नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नै गल्तीले गोल खानुपरेको बताए । उनले नेपालले अवसर पाए पनि सदुपयोग गर्न नसकेको बताए ।

यु-१७ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय