+
+

वीरगञ्जमा करेन्ट लागेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १०:२७
फाइल फोटो

२५ असोज, वीरगञ्ज । वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा भएको घटनामा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने दुई जनाको मृत्यु भएको हो ।

धोविनी गाउँपालिका वडा नं ३ हरिहरपुर बस्ने ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुव प्रसाद साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सोमबार साँझ साढे ६ बजे वीरगञ्ज–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने सैफुल्लालाई करेन्ट लागेको थियो । प्लाष्टर गर्ने क्रममा विद्युतको नांगो तारमा अचानक उनले छुन पुगेका थिए ।

सोमबार दिउँसो १२ः२५ बजे वीरगञ्ज–८ स्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने ध्रुवलाई करेन्ट लागेको थियो । करेन्ट लागेर भुईंमा पछारिएका उनलाई तत्कालै उपचारको लागि नजिकैको आशाराम अस्पतालमा पठाइएको थियो । अस्पतालका चिकित्सक डाक्टर अशोक दासका अनुसार अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।

घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का तयार गरी दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?