+
+

दशैं बिदामा त्रिशूली अस्पतालमा ७०० जनाको आकस्मिक उपचार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते ७:२९

२६ असोज, नुवाकोट । दशैं पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैं बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दीपेन्द्र पाण्डेका अनुसार अघिल्ला दुई वर्षको दशैं पर्वमा कोरोना सङ्क्रमणको जोखिम रहेको समयमा समेत तीन सयको हाराहारीमा बिरामीले सेवा लिएका थिए । ‘यस समयमा सबैभन्दा बढी ज्वरो र डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन्’, उनले भने ।

दशैं बिदामा ज्वरोका बिरामी २३०, डेङ्गुका १६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका ४ लगायतलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको थियो । अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये १०० भन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा. पाण्डेले बताए ।

उनका अनुसार अस्पतालले दशैं बिदाको समयमा बहिरङ्ग विभाग (ओपिडी) सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो । अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दशैं बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १०० शय्यामार्फत नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाका बिरामीलाई सेवा पुर्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?