+
+

चितवन–१ मा कांग्रेसका बागी बुर्लाकोटीले फिर्ता लिएनन् उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १३:१५

२६ असोज, काठमाडौं । चितवन– १ मा नेपाली कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायम राखेका छन् ।

उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको थियो ।

बुर्लाकोटीलाई उम्मेदवारी फिर्ता गर्नका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश सभापति इन्द्र बानियाँले आग्रह गरेका थिए । ‘सभापति, उपसभापति र प्रदेश सभापतिले फोन गरेर उम्मेदवार फिर्ता गर्न भन्नुभएको थियो’, बुर्लाकोटीले अनलाइनखबरसँग भने,‘मैले मानिँन । विश्व पौडेलको नाम फिर्ता गराउनुस् भनें ।’

नेपाली कांग्रेसले चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमलेका नेता सुरेन्द्र पाण्डेसँग पराजित बुर्लाकोटीले पार्टीले उम्मेदवार पौडेललाई बनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?