+
+
Shares

धनकुटामा ३ जनाले लिए उम्मेदवारी फिर्ता, हेमराजले लिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १८:४५
हेमराज भण्डारी

२६ असोज, धनकुटा । धनकुटामा ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभामा राप्रपा नेपालका अमुल राई र स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र क मा राप्रपा नेपालका योगेन्द्र आलेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट राजीनामा गरेर स्वतन्त्र उठेका हेमराज भण्डारीले भने उम्मेदवारी फिर्ता लिएनन् । धनकुटाबाट प्रतिनिधि सभामा ७ जना उम्मेदवार कायम भएका सहायक निर्वाचन अधिकृत राजन बास्तोलाले जानकारी दिए ।

जसमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय सम्पादन सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई, राप्रपाका कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती, संघीय लोकतान्त्रिक मञ्चका आराम कुमार लिम्बू, एकीकृत शक्ति नेपालका रमेश राई र स्वतन्त्र हेमराज भण्डारी छन् ।

भण्डारीले एक महिनाअधि माओवादी केन्द्रको पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र क राप्रपा नेपालका आलेले उम्मेदवारी फिर्ता लिएपछि ४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । जसमा नेकपा एमालेका निरन राई, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राई, जनता समाजवादीका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ र संघीय लोकतान्त्रिक मञ्चका मनकुमार राईबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रदेश निर्वाचन क्षेत्र ख मा नेकपा एमालेका इन्द्रमणि पराजुली, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कुशुमकुमारी श्रेष्ठ, राप्रपाका श्यामबहादुर गुरुङ, राप्रपा नेपालका सोमबहादुर घिसिङ तामाङ, जनता समाजवादीका डम्बरबहादुर कटुवाल र स्वतन्त्रका बालानन्द दाहाल र जितेन्द्र राईबीच चुनावी प्रतिस्पर्धा हुने छ ।

दाहाल कांग्रेसका जिल्ला सदस्य हुन् । उनले गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका कारणले कांग्रेसले साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?