+
+

हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १९:३१

२६ असोज, काठमाडौं । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ ।

नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको छ ।

यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए ।

नवलपरासी-१ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगी विनोद चौधरी छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुको साथ छ । त्रिपाठी र चौधरीसहित यो क्षेत्रमा १८ जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?