+
+

लण्डन पबमा गएर नाचे मेयर बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १९:५३

२६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो ।

लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र साह(बालेन) ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए । डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि यो पब नै केही समय बन्द भएको थियो ।

तर लण्डन पबको सामाजिक सञ्जालमा बुधबार मेयर बालेन नाचेको भिडियो र फोटो पोष्ट भएपछि पबसँग बालेनको कुनै समझदारी भएको त होइन भन्ने प्रश्न उठेको छ ।

आफैंले हटाएको पबमा नाच्न बालेन कसरी पुगेत ? बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहका अनुसार महानगरले डोजर लगाएपछि लण्डन पब त्यहाँबाट सरेको छ ।

हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।

‘काठमाडौं महानगरपालिकाले कानुन अनुसार चलेको व्यवसायीहरुलाई सम्मान गर्छ भन्ने उदाहरण पनि हो । उहाँ व्यक्तिगत निमन्त्रणामा पब पुग्नुभएको हो । महानगरले पब बन्द गर्न भनेको होइन, बेसमेन्टमा नचलाउ भनेको हो । जुन पबले मानेको छ । उहाँ जाँदा सम्मानसहित जानुभएको हो’, साहले भने ।

पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सबिना काफ्लेसँग नाचेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?