+
+

नाटक निर्देशनमा कमब्याक गर्दै दयाहाङ राई, ‘कुभिण्डोको कथा’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १२:४१

काठमाडौं । अभिनेता दयाहाङ राई लामो समयपछि नाटक निर्देशनमा पुनरागमन गर्दैछन् । मण्डला नाटक समूहले विज्ञप्ति जारी गर्दै दयाहाङले ‘कुभिण्डोको कथा’ नाटक निर्देशन गर्न लागेको जानकारी दिएको छ ।

पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको उक्त नाटक सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरद्वारा लिखित लोककथामा आधारित छ ।

यो नाटकलाई मंसिर ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समापन समारोहमा समेत प्रियिमर गरिने भएको छ । दयाहाङले निर्देशन गर्ने नाटकको सहनिर्देशकमा विकास जोशी हुनेछन् ।

यो नाटकका लागि अडिसनमार्फत कलाकारहरु छानिने मण्डला नाटकघरकी अध्यक्ष तथा अभिनेत्री सिर्जना सुब्बाले जनाएकी छन् ।

मण्डलाका अनुसार नाटक लेखन परियोजना २०२२ बाट ‘कुभिण्डोको कथा’सहित सन्दीप श्रेष्ठको ‘चन्द्रलाई कसले मार्‍यो’, सुरज यादवको ‘बहुरिया’, समृद्धि नेपालको ‘उनालोम’, प्रदीप ढुंगानाको ‘नवुदर्गा’ र भूमिका चौधरीको ‘माघुरामको माघी’, हीरा बिजुली नेपालीको ‘कमरेड ऐलानी’ छानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?