+
+

कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १९:२४

२७ असोज, काठमाडौं । कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकर्सहरुको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर बढाउन नहुने राय राखेका छन् ।

बैंकर्स संघले औपचारिक निर्णय वा सहमत नगरेपनि कात्तिकमा अहिलेको भन्दा माथिल्लो तहमा ब्याजदर नलैजान सबै सहमत देखिएको एक बैंकरले जानकारी दिए । असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । नेपाल बैंकर्स संघले भदौसम्म भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरेका थिए ।

राष्ट्र बैंकले साउनमै ब्याजदर बढाउन सन्देश दिएपनि अटेर गरेर बसेका बैंकहरुले एक अर्काबीच निक्षेप खोसाखोस गरेर बसेका थिए । तर, असोजको लागि भने निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ नै ११.०३ प्रतिशतबाट बढेर १२.१३ प्रतिशत पुर्‍याइएको थियो । अब कात्तिक महिनामा पनि यही दर कायम रहने भएको छ । रेमिट्यान्स मुद्दतीको १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायमै रहनेछ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेकोले अहिले साधारण बचतको ब्याजदर पनि ७.१३ प्रतिशत छ । यस्तै राष्ट्र बैंकले व्यक्रिगत मुद्दतीको भन्दा संस्थागत मुद्दतीको अधिकतम ब्याजदर २ प्रतिशत बिन्दु कम गर्नुपर्ने व्यवस्था गरेकोले अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.१३ प्रतिशत कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?