+
+

नेटफ्लिक्स फिल्म ‘आफ्टरसक’को काठमाडौंमा विशेष शो, सम्झिए भूकम्पको त्रासदी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १७:५१

काठमाडौं । दोलखा रोल्वालिङ गाउँका फुर्वा तेन्जिङ शेर्पा २०७२ सालको भूकम्प जाँदा सगरमाथा आधार शिविरमा थिए । त्यतिबेला चिनियाँ, जापानी र भारतीय पर्यटकको पथप्रदर्शक बनेर उनी शिविरमा बसिरहेका थिए ।

एक्कासी जमिन हल्लियो, माथिबाट हिमपहिरो खस्यो । पहिरोमा पाँच जना पुरिए ।

३० वर्षीय शेर्पाको जीवनमा भूकम्पको यो घटना निर्मम थियो जसलाई उनी सम्झन चाहन्नन् । तर डकुमेन्ट्री फिल्म ‘आफ्टरसक : एभरेष्ट एण्ड द नेपाल अर्थक्वेक’ले उनलाई त्यही घटनाको सम्झना दिलायो, जसलाई उनी बिर्सन चाहन्छन् ।

बुधबार ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा नेटफ्लिक्सले भूकम्पमा ज्यान जोगाउन सफल फिल्मका पात्र र अतिथिका लागि विशेष शोको आयोजना गरेको थियो । जहाँ भूकम्पमा बाँच्न सफल ‘सर्भाइभर’ले अनुभव बाँडे र फिल्म हेरे ।

तीन घण्टा लामो फिल्म हेरेर उनीहरुले उक्त समयको महसुस गरे । निर्देशक पूजा पन्त, छायांकार विष्णु कल्पितसहित कास्ट एण्ड क्रिउले पनि फिल्म हेरे । नेटफ्लिक्समा गत साता नै रिलिज भइसकेको तीन सिरिजको फिल्मलाई हलमा भने एकैपटक प्रदर्शन गरियो ।

नेटफ्लिक्समा रिलिज भइसकेपछि कतिपय मुलुकमा सर्वाधिक हेरिने उत्कृष्ट सूचीमा परेको जानकारी दिंदै निर्देशक पन्तले खुसी व्यक्त गरिन् । ‘एकदम राम्रो फिडब्याक मिलेको छ,’ अनलाइनखबरसँग पन्तले भनिन् ।

भूकम्पबाट सर्भाइभर शेर्पाले चाहिं आफूजस्तै सर्भाइभरको अनुभव र नेपालले व्यहोरेको विनासकारी भूकम्पको दुःखद् इतिहास बुझ्न र पाठ सिक्न पनि फिल्म हेर्नु जरुरी रहेको बताए । ‘नेपाली दर्शकलाई मात्र होइन, विदेशीले पनि फिल्म हेरेर मनन गर्नु जरुरी छ,’ उनले भने ।

छायांकार विष्णु कल्पितले सम्भवतः पहिलोपटक नेटफ्लिक्सले नेपाली कलाकार र प्राविधिक लिएर यो फिल्म निर्माण गरेको बताए । ‘यसले पनि पक्कै पनि नेपाली कथा र फिल्ममेकरलाई हौसला मिलेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?