+
+

महिला फुटबलमा विभागीय टोली आर्मी र पुलिसको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते २०:४३

२७ असोज, स्याङजा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीले विजयी सुरुवात गरेका छन् ।

स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीले खेलको ९ औ मिनेटमा इन्दिरा राईको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा पुनः गोल गर्दै इन्दिराले अग्रता दोब्बर पारिन् । पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३–० को स्थितिमा पु¥याइन् ।

खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुस्मा खतिवडाले गोल गरिन् । चौथो गोल गरेको दुई मिनेटमै अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै गोलकिपरलाई विट गर्दै गोल गरिन् । कार्की खेलको ४६ औ मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन् । इन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरीले उत्तरार्धको इन्जुरी टाईमको एक मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् ।

वालिङस्थित मालेबगर खेल मैदानमा यसअघि नेपाल पुलिसले बागमती प्रदेशलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो । महिला फुटबलमा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?